२५ असार २०८३, बिहीबार

को उड्यो फ्रान्सेली युवतीको राहदानीमा ?

कात्तिक २०, २०७४
को उड्यो फ्रान्सेली युवतीको राहदानीमा ?
काठमाडौं, १३ कात्तिक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ।airport
पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन्। अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
फ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्सेली दूतावासबाट जारी भएको राहदानीमा भिसा ट्रान्सफर गर्न अध्यागमन पुग्दा उनको राहदानीमा अर्कै व्यक्ति उडेको खुलासा भएको हो। त्यसलगत्तै अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खबर गरेको थियो। फ्लोरेन्सको राहदानीमा अर्कै व्यक्तिलाई उडाउन सघाउ पुर्‍याएको आशंकामा विमानस्थल अध्यागमनका एक अधिकृतलाई विभागमा फिर्ता बोलाइएको छ।

अध्यागमन विभागको सूचना अधिकारीसमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए। निर्देशक पौडेलले भने, ‘अर्काको राहदानीमा डिपार्चर दिने कर्मचारीमाथि समेत छानबिन भइरहेको छ। प्रहरी र अध्यागमन दुवै निकायले अनुसन्धान गरिरहेको छ।'

विमानस्थलमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा फ्रान्सेली युवतीको राहदानीमा अवैध व्यक्ति उड्न सफल भएको अधिकारीहरू बताउँछन्। फ्लोरेन्स इन्डोनेसियामा व्यापार गरेर बस्दै आएकी छन्। उनको राहदानीमा उड्ने व्यक्तिबारे अध्यागमन कर्मचारीलाई थाहा छैन। तर, यसबीच फ्लोरेन्सले समेत नेपाल छाडिसकेकी छन्। पर्यटक भिसामा आएकी उनी कपन गुम्बामा मेडिटेसन गर्न बसेकी थिइन्। त्यहीँबाट उनको राहदानी भएको झोला हराएको प्रहरीमा उजुरी परेको थियो।

salt training

कमेन्ट गर्नुहोस्