१० साउन २०८३, आइतबार

देशभक्तिपूर्ण कवितांश वाचन गर्दै बाइडेनले भने– अमेरिका मैले तिम्रा लागि सक्दो योगदान गरेँ

भदौ ४, २०८१
काठमाडौं
देशभक्तिपूर्ण कवितांश वाचन गर्दै बाइडेनले भने– अमेरिका मैले तिम्रा लागि सक्दो योगदान गरेँ

सिकागाे-अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबथोक दिएको दाबी गर्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् । सोमवार सिकागोमा भएको पार्टीको अधिवेशनमा उनले जिम्मेवारी हस्तान्तरण गरेका हुन् । 

बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अंकमाल गर्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका थिए ।

‘अमेरिका, अमेरिका मैले तिम्रा लागि सक्दो योगदान गरेँ,’ ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध ह्यारिसलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे ।

सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो । 

बाइडेनले ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।  

बाइडेनको कमजोर प्रस्तुतिका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएकी छिन् । 

पाँच दशक लामो राजनीतिक जीवनको अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए ।

null

‘मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,’ बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजीनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, ‘म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस् भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ ।’ 

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो । यसको प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँशु पुछेका थिए ।

‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो । 

ह्यारिसले यसअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरू अधिवेशनको अन्तिम दिनसम्म नबोल्ने भन्दै आफ्ना अग्रज नेताप्रति सम्मानभाव व्यक्त गरेका थिए ।

‘हाम्रा स्वविवेकी राष्ट्रपति जो बाइडेनलाई पार्टी नेताको रूपमा भब्य कार्यक्रमसाथ बिदाइ गरेर अभियानको थालनी गरेको घोषणा गर्दछु । हामी तपाईंप्रति सधैं आभारी छौं,’ उनले भने ।

यो निःसन्देह बाइडेनको लागि एक कठिन बिदाइ थियो तर उनले ह्यारिसको अभियानका लागि ‘सर्वश्रेष्ठ स्वयंसेवक’ हुने प्रण गर्दै आफ्नो विरासतले अमेरिकामा सुशासन कायम राख्नेमा विश्वास व्यक्त गरे ।

बाइडेनले ट्रम्पको कार्यकाल र जनवरी ६, २०२१ को क्यापिटोल दङ्गापछि ‘अमेरिकाको आत्मा’लाई निको पार्ने कार्य, अर्थतन्त्र र स्वास्थ्य सेवालगायत आफ्नो गौरवपूर्ण उपलब्धिको सूची प्रस्तुत गरेका थिए ।

आफ्नो कम लोकप्रियता रेटिङ र ट्रम्पविरुद्धको बहसको पराजयका बावजुद बाइडेनले आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

उनले भने, ‘मैले आफ्नो करियरमा धेरै गल्ती गरेको हुनसक्छु तर मैले तपाईंहरूलाई आफ्नो सर्वश्रेष्ठ सेवा दिएको छु ।’ 

कार्यक्रममा सन् २०१६ मा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने होडमा ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टनले ह्यारिसलाई ‘सिसाको छानो तोड्न समर्थन गरेको’ बताएकी थिइन् ।

‘अमेरिकामा केही भइरहेको छ, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्छ, यो कुराका लागि हामीले लामो समयदेखि काम गरेका छौं र सपना देखेका छौं,’ पूर्वविदेशमन्त्री तथा प्रथम महिलाले क्लिन्टनले अमेरिकामा महिला नेतृत्वलाई सफल बनाउन आफ्नो दल लागेको सङ्केत गर्दै भनिन् ।

यसअघि गाजामा इजरायलको युद्धको विरोधमा भएको प्रदर्शनले सम्मेलनको उद्घाटनलाई छायाँमा पारेको थियो । यसले वामपन्थी र अरब अमेरिकीहरूबीच डेमोक्र्याटहरूका लागि सम्भावित मत बाट्ने कुरालाई जोड दिएको थियो ।

हजारौं मानिसहरूको ठूलो विरोध प्रदर्शनबाट अलग भएपछि प्रदर्शनकारीहरूको एक समूहले अधिवेशनको बाहिरी सुरक्षा घेरा तोडेको थियो ।

निलो हेल्मेट, ढाल र कालो डण्डा बोकेका प्रहरीले उनीहरूलाई भित्री घेरामा जानबाट रोकेका थिए ।

यसैबीच, डेमोक्र्याटिक पार्टीको शीर्ष स्थानमा अचानक भएको परिवर्तनका कारण ट्रम्प विवादमा तानिएका छन् ।

डेमोक्र्याटहरू शिकागोमा रहँदा रिपब्लिकनहरूले एक हप्ता लामो देश दौडाहा गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्