२३ असार २०८३, मंगलबार

रिपब्लिकनले बाइडेनविरुद्ध दर्ता गराए महाभियोग मुद्दा

भदौ ४, २०८१
काठमाडौं
रिपब्लिकनले बाइडेनविरुद्ध दर्ता गराए महाभियोग मुद्दा

वासिङ्टन–  अमेरिकाको रिपब्लिकन पार्टीका सांसदहरूले राष्ट्रपति जो बाइडेनविरुद्ध औपचारिक रुपमै काङ्ग्रेसमा महाभियोग मुद्दा दर्ता गराएका छन् ।​ रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै ‘राजनीतिक हमला’ शुरू गरेका हुन् । 

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । 

न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘आफ्नो परिवार र आफ्ना व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ निकालिएको मंगलवार बताए ।

यद्यपि बाइडेनले आफ्ना छोरा हन्टरलाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा छोराको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् । 

बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण छैन । प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछिको अवधिसँग सम्बन्धित थिए । 

सेवानिवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मशाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गरेका छन् । 

रिपब्लिकनहरू राष्ट्रपति बाइडेनलाई दोषी देखाउने प्रयासमा लागेका छन् । यस क्रममा बाइडेनका छोरा हन्टरका विषयहरू खोतलिरहेका छन् । उनीहरूले हन्टरको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई मुद्दा बनाएका छन् ।  रिपब्लिकनहरूले हन्टरलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा चित्रित गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्