२१ जेठ २०८३, बिहीबार

लमजुङमा थपिए २ सय १८ उद्योग

भदौ ४, २०८१
लमजुङ
लमजुङमा थपिए २ सय १८ उद्योग

लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् ।

पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् ।

उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् ।

एक सय ७६ वाणिज्य दर्ता भएको छ भने पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् । अघिल्लो आव २०७९/८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए ।

अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो ।

सोही आवमा दुई सय आठ वाणिज्य दर्ता भएका थिए भने पाँच सय १८ वटाको नवीकरण भएका थिए ।

आव २०७८/७९ को साउनदेखि असार सम्म छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो । 

बेँसीशहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको सङ्ख्या वृद्धि भइरहेका रहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म,  सिलाई-कटाई, अलैंची, ब्युटीपार्लर, कृषि औजार, मौरिपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् ।

salt training

कमेन्ट गर्नुहोस्