
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका- १५ जतुवामा करेन्ट लागेर ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार अपरान्ह मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।