१३ असार २०८३, शनिबार

खैरो हेरोइनसहित दुई जना पक्राउ

भदौ ४, २०८१
काठमाडौं
खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरीका सुरेश थापा र नुवाकोटका रामकुमार थपलिया छन् । 

धरानदेखि काठमाडौं आउँदै गरेको बसमा सवार सुनसरी इटहरीका थापालाई नागढुंगा प्रहरीले ९७.७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा बालाजु माछापोखरीबाट नुवाकोटका थपलियालाई प्रहरीले ४ ग्राम हेरोइन र ७५ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार थापाले कालो रंगको झोला भित्र हेरोइन लुकाएर ल्याएका थिए ।

नागढुंगा प्रहरीले थप खोजीनीति गर्दा माछापोखरीमा थपलिया उक्त लागुऔषध रिसिभ गर्न बसेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि थानकोट प्रहरी वृत्तले अनुसन्धान गरिरहेको अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्