२१ जेठ २०८३, बिहीबार

कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

भदौ ४, २०८१
धनुषा
कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

 हुलाकी राजमार्ग आयोजनाअन्तर्गत धनुषा र सिरहा सीमामा रहेको कमला नदीमाथिको पुल निर्माणको माग गर्दै स्थानीय सामूहिक आमरण अनशनमा बसेका छन् । 

उक्त खण्डको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण अधुरै छ । ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले पुल भासिएपछि पुनःनिर्माणका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि १० जना अभियन्ता आजदेखि सामूहिक आमरण अनशनमा बसेका हुन् । 

इञ्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु भएको हो । हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इञ्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका¬–६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, वल्र्ड फर नेपालका मनिषकुमार यादव, इञ्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य इञ्जिनियर रुपेश यादव र इञ्जिनियर शिवशङ्कर यादव र सोही गाउँपालिका—३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन् ।

गत साउन २७ गते पुल निर्माणका लागि मधेस प्रदेशका मुख्यमन्त्रीलाई सातदिने ‘अल्टिमेटम’सहित एक सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएपछि सामूहिक अनशन बस्नुपरेको सङ्घर्ष समितिका संयोजक यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्