२४ जेठ २०८३, आइतबार

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र

भदौ ४, २०८१
बाग्लुङ
पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र

अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन् । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो ।

सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्