०२ असार २०८३, मंगलबार

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् एजेण्डा ?

भदौ ५, २०८१
काठमाडौं
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् एजेण्डा ?

बुधबार ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको ४ वटा र राष्ट्रिय सभा अन्तर्गतको २ वटा गरी कुल ६ वटा संसदीय समितिको बैठक बस्न लागेको हो। 

जसअनुसार महिला तथा सामाजिक मामिला समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।  

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ भने बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ । 

यस्तै १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्नेछ । 

बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारका विषयमा छलफल हुनेछ । बैठक दिउँसो ३ः४५ बजे सुरु हुने सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्