०८ साउन २०८३, शुक्रबार

प्रतिकूल मौसमले हवाई सेवा प्रभावित : पोखरा, भरतपुर र सुर्खेतका उडान 'डिले'

भदौ ५, २०८१
काठमाडौं
प्रतिकूल मौसमले हवाई सेवा प्रभावित : पोखरा, भरतपुर र सुर्खेतका उडान 'डिले'

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण बुधबार बिहान पोखरा, भरतपुर, सुर्खेत र लुक्लाका उडान प्रभावित भएका हुन् । 

यी क्षेत्रमा जाने उडान प्रतिकूल मौसमका कारण ढिलाइ (डिले) भएको विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित छन् । 

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । आज दिनभर देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्