२२ जेठ २०८३, शुक्रबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

भदौ ५, २०८१
जुम्ला
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए
फाइल तस्वीर

अविरल वर्षासँगको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध  भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । 

बाढी पहिराले बन्द भएको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको जिटीको भनाइ छ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। 

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बाटोमा रोकिएका छन् । सवारी साधनमा सवार सयौं यात्रुहरू अलपत्रमा पनि बाटोमै रोकिएको उनले बताए । 
---

salt training

कमेन्ट गर्नुहोस्