२४ जेठ २०८३, आइतबार

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षक नियुक्त

भदौ ५, २०८१
काठमाडौं
नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षक नियुक्त
फाइल तस्वीर ।

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।

अल्मुताइरीलाई मंगलवार अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको श्रीलंका फूटबल महासंघले जनाएको छ ।

श्रीलंकाले एएफसी छनोटअन्तर्गत ५ र १० सेप्टेम्बर मा कम्बोडियासँग दुई खेल खेल्दैछ । । अल्मुताइरी यिनै खेलका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् ।

कुवेती नागरिक अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली टोलीको प्रशिक्षक रहेका थिए ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । खेलाडीसँगको विवादका कारण उनी सम्झौता सकिनुपूर्व नै पदमुक्त भएका थिए ।

यसपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक भएका थिए । तर त्यहाँ उनी धेरै समय टिक्न सकेनन् । 

अल्मुताइरी कडा मिजासका मानिन्छन् । उनले नेपाली खेलाडीमाथि धेरै नै कडाइ गरेको आरोप लागेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्