१२ साउन २०८३, मंगलबार

झिनो अंकले बढेर बन्द भयो शेयर बजार, १८ अर्बमा खुम्चियो कारोबार

भदौ ५, २०८१
काठमाडौं
झिनो अंकले बढेर बन्द भयो शेयर बजार, १८ अर्बमा खुम्चियो कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।

बुधवार नेप्से परिसूचक तीव्र उतारचढावपछि २.१ अंकले बढेर २९६८.४४ को बिन्दुमा अडिएको हो । यस दिन बजारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयरको खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबार दिन आइतबार मात्रै ३४ अंकले घटेको शेयर बजारमा २८ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता सोमबार र मंगलवार शेयर बजारको कारोबार बन्द रहेको थियो । 

बुधवार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ६६ करोड २ लाख ३९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, उपसमूहतर्फ ५ वटा बढ्दा  ७ वटा उपसमूहमा गिरावट देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्