![काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पहिरो, सयौं सवारीसाधन अलपत्र [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Naadhunga_Jaam_9_q90SWjynH9.jpeg)
काठमाडौंको नागढुङ्गामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
बुधबार बिहान खसेको पहिरोले अवरुद्ध सडक दिउँसो साढे ३ बजेसम्म पनि खुल्न सकेको छैन ।
पहिरो खस्ने क्रम जारी रहेकाले सडकको अवरोध खुलाउन समस्या भइरहेको नागढुङ्गाका प्रहरी निरीक्षक हेम थपलियाले लोकान्तरलाई जानकारी दिए ।
सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन अलपत्र परेका छन् ।
तस्वीरहरू









