२६ जेठ २०८३, मंगलबार

कैलालीकाे कटैनी नदीमा बाढीः कैलारीका तीनवटा वडा डुबानमा

भदौ ५, २०८१
काठमाडौं
कैलालीकाे कटैनी नदीमा बाढीः कैलारीका तीनवटा वडा डुबानमा
तस्वीरहरू स्थानीय कुलराज चौधरीबाट साभार ।

कैलालीको कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकाका तीनवटा वडा डुबानमा परेका छन् ।

वडा नम्बर ५, ७ र ८ का बस्ती डुबानमा परेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले लोकान्तरलाई जानकारी दिए । सबैभन्दा बढी वडा नम्बर ५ को जनजीवन प्रभावित भएको उनको भनाइ छ । 

बुधवार बिहानैदेखि परेको पानी साँझ ६ बजेतिर भने अलि कम भएको छ ।

null 

भारतसँग जोडिएको कैलारी गाउँपालिकामा हुलाकी सडक बनेको छ । त्यो सडकको डिल अग्लो भएका कारण नदीको बाढी बस्तीमा पस्ने गरेको अध्यक्ष चौधरीले बताए ।

‘हाम्रो गाउँपालिकामा बाढीको जोखिम सधैँ छ । यसै वर्ष बाढी दुई–तीन पटक बस्तीमा पसिसकेको छ,’ उनले भने, ‘बुधवार पनि यही घटना दोहोरिएका कारण सर्वसाधारणको बिचल्ली भएको छ । उनीहरूमध्ये कतिपयलाई वडा कार्यालयहरूमा आश्रय दिएर राखेका छौँ ।’

बस्तीमा बाढी पस्दा धनसम्पत्तिको पनि क्षति भएको अध्यक्ष चौधरीले बताए । ‘तर विवरण भने संकलन गर्न बाँकी छ,’ उनले थपे ।  

salt training

कमेन्ट गर्नुहोस्