२१ जेठ २०८३, बिहीबार

रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’को अभियानमा मोदीः पुगे पोल्यान्ड

भदौ ५, २०८१
काठमाडौं
रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’को अभियानमा मोदीः पुगे पोल्यान्ड

वार्स– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘ऐतिहासिक भ्रमण’का क्रममा बुधवार पोल्यान्ड पुगेका छन् ।

रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’का लागि अभियान शुरू गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्यान्ड पुगेका हुन् । 

युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । साथै उनी ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । 

पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र युक्रेनको राजधानी किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो । 

मोदीले बिहीवार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने कार्यक्रम छ । 

उनको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भने, ‘पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।’

मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाएका छन् ।

null

उनको सरकार युक्रेनमा रुसले सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा सरकारले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ । 

पोल्यान्ड प्रस्थान गर्नुअघि बुधवार प्रकाशित विज्ञप्तिमा मोदीले भनेका छन्, ‘एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।’

किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्ने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा बनाउने’ विज्ञप्तिमा उल्लेख छ । 

मोदीको भ्रमणका क्रममा सोमवार जेलेन्स्कले ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताए । 

जुलाईमा रुसले युक्रेनका धेरै शहरमा आक्रमण गरेको केही घण्टापछि मोदीले मस्कोको भ्रमण गरेका थिए ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अङ्कमाल गर्दै फोटो खिचेका थिए । जेलेन्स्कीले यसको निन्दा गरेका थिए । 

मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गरेका थिए र दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान शुरू गरेको केही साताअघि नयाँ दिल्लीमा पुटिनलाई स्वागत गरेका थिए । 

भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूबाट टाढा रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्