०३ असार २०८३, बुधबार

राजनीतिप्रति नकारात्मक सोच त्यागौँ : नेता सिटौला

भदौ ५, २०८१
झापा
राजनीतिप्रति नकारात्मक सोच त्यागौँ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्ने बताएका छन् । 

नेपाल महिला सङ्घ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्ने बताए । 

“राजनीतिकविना विकास र परिवर्तन सम्भव छैन”, उनले भने, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।”

कांग्रेस लोकतन्त्रको सम्वाहक भएको बताउँदै पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए। “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको छ”, उनले भने, “आगामी दिनमा पनि त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।”

salt training

कमेन्ट गर्नुहोस्