२६ असार २०८३, शुक्रबार

समूह ‘ए’ को अन्तिम खेलमा आज बंगलादेशसँग भिड्दै घरेलु टोली नेपाल

भदौ ६, २०८१
काठमाडौं
समूह ‘ए’ को अन्तिम खेलमा आज बंगलादेशसँग भिड्दै घरेलु टोली नेपाल

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशसँगै भिड्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ। 

यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।
 
समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनल पुगिसकेका छन् । 

समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ । यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्