०७ साउन २०८३, बिहीबार

बलम्बुमा शंस्कास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो

भदौ ६, २०८१
काठमाडौं
बलम्बुमा शंस्कास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो
फाइल तस्वीर

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको छ । 

चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा स्थानीयको घरअगाडि शंकास्पद वस्तु फेला परेको प्रहरी वृत्त थानकोटले जनाएको छ । 

प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार झोलाभित्र प्रेसर कुकर राखेको छ । 

शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतका अुनसार कसैले चोरी गरेको समान फालेर गएको आशंका छ ।

तर, शंकास्पद भनेपछि डिस्पोज गर्नैपर्ने भएकाले सेनाको टोली बोलाइएको ती अधिकृतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्