
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणअघि पोल्याण्ड पुगेका छन् । मोदीले बुधबार पोल्याण्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले भारत बुद्धको विरासत भूमि भएको भन्दै आफूहरू युद्धमा होइन शान्तिमा विश्वास गर्ने बताए । 'भारत बुद्धको विरासतको भूमि हो । हामी युद्धमा होइन शान्तिमा विश्वास गर्छौं,' रुस र युक्रेनबीचको युद्धबारे प्रधानमन्त्री मोदीले भने, 'भारत यस क्षेत्रमा शान्तिको ठूलो पक्षपाती पनि हो। यो युद्धको युग होइन भन्ने भारतको धारणा स्पष्ट छ ।'
मानवताका लागि सबैभन्दा ठूलो खतरा निम्त्याउने चुनौतीहरूलाई सम्बोधन गर्न एकजुट हुने बेला भएको उनले बताए । भारतले कूटनीति र संवादमा जोड दिइरहेको उनको भनाइ थियो ।