
कर्णाली र बबई नदीको किनारमा दुई जनाको शव फेला परेको छ ।
अछामको तुर्माखाँद गाउँपालिका-४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको किनारमा एक जनाको शव फेला परेको हो ।
नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी बर्दियाको बासगढी नगरपालिका-१ सोते खोलास्थित बबई नदीको किनारमा एक महिलाको शव फेला परेको छ । उनको पनि नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।