०४ साउन २०८३, सोमबार

मध्यरातमा एमाले नेताहरुको ‘प्रेसर चेक’ !

कात्तिक २०, २०७४
मध्यरातमा एमाले नेताहरुको ‘प्रेसर चेक’ !
काठमाडौं १३ कात्तिक– उम्मेदवार चयनका लागि व्यस्त एमाले नेताहरुको आइतवार मध्यरातमा रक्तचाप मापन गरिएको छ ।

उपाध्यक्ष वामदेव गौतमको निजी निवासमा बसेको स्थायी समिति बैठकका क्रममा एमाले नेताहरुको रक्तचाप जाँच गरिएको हो । चिकित्सक किरणजंग कुँवरले एमाले नेताको रक्तचाप जाँच गरेका हुन् ।

माओवादीसंग चुनावी क्षेत्र भागवण्डा गर्न तथा पार्टीका उम्मेदवार तयगर्न एमाले स्थायी समितिको बैठक केहीदिन यता लगातार बसिरहेको छ ।


अधिकाशं स्थानको उम्मेदवारी टुंगो लगाएको एमालेले सोमवारसम्म सम्पूर्ण क्षेत्रको उम्मेदवारी टुंगो लगाउने तयारी गरेको छ ।

तस्वीरः विश्वमणि सुवेदीको फेसवुक

salt training

कमेन्ट गर्नुहोस्