![सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, कसरी दिने आवेदन ? [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/nepali-sena-5a9b3fa05645c4.89118508_ThVEyKApKf.jpg)
नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ। रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो ।
माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ । खुलातर्फ १४७, महिला २४, आदिवासी-जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ ।
योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न आह्वान गरिएको छ ।
फारम भरी सो को प्रिन्टसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न भनिएको छ ।
आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना
