
मंकीपक्स (एमपक्स) भाइरसको दायरा बढ्दै गएको छ । अगस्ट २२ मा थाइल्याण्डमा नयाँ र घातक स्ट्रेन पुष्टि भएको हो । जुन एसियामा पहिलो र अफ्रिका बाहिर दोस्रो केस हो ।
थाइल्याण्डको रोग नियन्त्रण विभागले ६६ वर्षीय युरोपेली व्यक्ति संक्रमित व्यक्ति जनाएको छ । जो १४ अगस्टमा अफ्रिकी देशबाट बैंकक पुगेका थिए ।
इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार थाइल्याण्डको रोग नियन्त्रण विभागले ४३ जनालाई पहिचान गरेको छ । जो संक्रमित व्यक्तिको नजिकै बसिरहेका थिए । यी सबैको अनुगमन भइरहेको छ ।
उनीहरूलाई २१ दिनसम्म निगरानीमा राखिनेछ । यसबाहेक थाइल्यान्डले ४२ देशबाट आउने यात्रुका लागि मन्कीपक्सको परीक्षण अनिवार्य गरेको छ ।
प्रजातान्त्रिक गणतन्त्र कंगो मा गत वर्षदेखि फैलिएको विनाशकारी मोन्कीपक्स भाइरसका कारण ४५० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । त्यहाँबाट छिमेकी देशहरूमा भाइरस फैलिएको छ । जसमा बुरुण्डी, केन्या, रुवाण्डा र युगान्डा पर्छन् ।
गत हप्ता मात्र युरोपेली देश स्वीडेनमा नयाँ केस फेला परेको थियो ।
मंकीपक्स कोभिड-१९ भाइरस जत्तिकै संक्रामक छैन । तर नजिकको सम्पर्कबाट फैलिन्छ । जसमा यौन प्रसारण, छालाको सम्पर्क र संक्रमित व्यक्तिको नजिक सास फेर्न पनि समावेश छ । केही अफ्रिकी देशहरूमा क्लेड १ बी अफ मन्कीपक्सको घातक स्ट्रेन फैलिएको र उच्च मृत्युदरका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई विश्वव्यापी आपतकाल घोषणा गरेको छ।