
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट फेरि शुरू भएको छ ।
गत साउन २३ गतेबाट शुरू भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः बसेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार अधिकांश केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्नेछन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरूको भनाइ छ ।