२४ जेठ २०८३, आइतबार

सहकारी ठगी प्रकरण : जीबीका पार्टनर छविलाल जोशीसँग संसदीय समितिले गर्‍यो सोधपुछ

भदौ ७, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरण : जीबीका पार्टनर छविलाल जोशीसँग संसदीय समितिले गर्‍यो सोधपुछ

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं शुरूको लगानीकर्ता छविलाल जोशी बञ्जाडेसँग सोधपुछ गरेको छ ।

नेपाल प्रहरीको डीआईजीबार्ट रिटायर्ड भएका बञ्जाडेसँग समितिले शुक्रबार बयान लिएको हो । 

सहकारी ठगीमा फरार रहेका जीबी राईका व्यापारिक साझेदार रहेका जोशीसँग सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे समितिले सोधपुछ गरेको हो ।

नेटवर्किङ व्यवसायमा समेत जीबीका पार्टनर रहेका जोशीको घरबाट प्रहरीले विभिन्न सहकारीका सर्भर जफत गरेको थियो ।

गैरकानूनी ढंगले ऋण प्रवाह गरेका सहकारीको सर्भर जोशीको घरमा बरामद भएपछि अनुसन्धान उनीतर्फ समेत सोझिएको हो ।

गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेसँग सोधपुछ गर्नुअघि जोशीसँग समितिले बयान लिएको हो । 

जोशीको घरबाट बरामद भएका सर्भरमा सहकारीबाट रविले ऋण लिएको भेटिएको सूचना प्रहरीले संसदीय समितिलाई दिएको छ ।

गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालन कुमार रम्तेलसँग पनि समितिले छलफल गरेको थियो ।

नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय समितिको म्याद भदौ १५ सम्म छ ।

तोकिएको समयमै प्रतिवेदन बुझाउने गरी समितिले प्रतिवेदन लेखनको कामलाई अन्तिमरुप दिँदैछ ।

रविसँगको बयान अन्तिम हुने समिति स्रोतले जानकारी दियो । 

salt training

कमेन्ट गर्नुहोस्