२३ जेठ २०८३, शनिबार

नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर

भदौ ७, २०८१
काठमाडौं
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल(एपीएफ)का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह शाहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहूले  प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी ​गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्