
चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा माथिबाट ढुंगा खस्दा अनियन्त्रित बनेको बस सडकमा पल्टिएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस शुक्रबार अपरान्ह करिब एक बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख, प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार सडकमाथिबाट ढुंगा खस्दा चालक आत्तिएर बस अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिइन् ।
उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाएको उनले बताइन् ।
