१२ असार २०८३, शुक्रबार

बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर बजार तनावग्रस्त

भदौ ७, २०८१
काठमाडौं
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर बजार तनावग्रस्त

बसको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार शुक्रवार तनावग्रस्त बनेको छ । बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका छन् ।  

स्थानीयले बजार क्षेत्रमा टायर बालेर चक्काजाम तथा बजार बन्द गराएका थिए । प्रदर्शनमा पूर्वसांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्तलगायतको सभागिता रहेको थियो । स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि बढाएर हनुमाननगरमा विरोध जनाएका छन् । 

विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुबाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्