१३ असार २०८३, शनिबार

नागढुङ्गामा दुईतर्फी यातायात सञ्चालन

भदौ ७, २०८१
काठमाडौं
नागढुङ्गामा दुईतर्फी यातायात सञ्चालन

 काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । 

प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो । 

गाडीको चाप घटेपछि  आज बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्