
पश्चिमी जर्मनीको जोलिङ्गेन शहरमा चक्कु प्रहारबाट तीन जनाको ज्यान गएको छ ।
शुक्रबार राति एक व्यक्तिले उनीहरूमाथि चक्कु हानेका थिए ।
अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो ।
आक्रमणकारी अझै फरार रहेको बीबीसीले जनाएको छ ।
प्रहरीले शहरभर खोजी कार्य गरिरहेको छ । प्रहरीले खोजी कार्यका लागि हेलिकप्टर पनि प्रयोग गरिरहेको छ ।