२३ जेठ २०८३, शनिबार

५० प्रतिशतसम्म छुटसहित बुटवलमा जुत्ता मेला

भदौ ८, २०८१
बुटवल
५० प्रतिशतसम्म छुटसहित बुटवलमा जुत्ता मेला

उपभोक्तालाई १५ देखि ५० प्रतिशत छुट दिने योजनासहित बुटवलमा दोस्रो जुत्ता मेला हुने भएको छ ।

स्वदेशी जुत्ता चप्पल मात्र बिक्री गर्ने गरी नेपाली जुत्ता घरले आइतबारदेखि बुटवलको डेल्टा कम्प्लेक्समा मेला गर्न लागेको हो ।

नेपाली लुगा घरका सञ्चालक तथा मेलाका संयोजक प्रकाश भुसालले नेपालीहरूको प्रमुख चाडपर्वलाई लक्षित गरी स्वदेशी उत्पादन प्रवर्द्धन र बजार विस्तार गर्न मेला गर्न लागिएको जानकारी दिए । 

राम्रो बजार कमाएका स्वदेशी कम्पनी र ब्रान्डका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार बढी डिजाइन मेलामा रहनेछन् ।

४० भन्दा बढी स्टल रहने मेलामा २५ देखि ३० हजार जोर जुत्ता बिक्री गर्ने आयोजकको लक्ष्य छ । 

मेलामा शुरूमा आउने एक हजार ग्राहकले एकजोर मोजा निःशुल्क पाउनेछन्  । मेलामा ५ करोडको कारोबार हुने भुसालको भनाइ छ ।

नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरूको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले बताए ।

नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत हुने गरेको भन्दै उनले अहिले नेपालमा ६ करोड जोर वार्षिक रूपमा जुत्ता उत्पादन हुने गरेको बताए ।

उनले अब नेपाली जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरूले उत्पादन र निर्यातमा जोड दिन आवश्यक रहेको बताए ।

गत असार ६ गते विद्युत् सर्ट भएर डेल्टा कम्प्लेक्समा आगलागी भएर नष्ट भएपछि पुन स्थापित हुने बाटोमा छ ।

salt training

कमेन्ट गर्नुहोस्