२६ जेठ २०८३, मंगलबार

ठुलठुला ढुंगासहितको सुक्खा पहिरोले सिद्धबाबा सडक अवरुद्ध

भदौ ८, २०८१
बुटवल
ठुलठुला ढुंगासहितको सुक्खा पहिरोले सिद्धबाबा सडक अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै शनिबार दिउँसो पहिरो झरेपछि सडक अवरुद्ध भएको छ । 

तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको हो ।

पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले पहिरोले सडक अवरुद्ध बनेको बताए ।

‘ठुलठुला ढुंगा झरेका छन्,’ बुढाले लोकान्तरसँग भने, ‘पहिरो हटाएर सडक खुलाउन समय लाग्छ ।’

null

सिद्धबाबाको साढे तीन किलोमिटर क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मानिन्छ । अहिले यहाँ सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ ।

यो बाटो भएर स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी अर्घाखाँचीसम्म जाने सवारी र पहाडबाट बुटवलतर्फ आउने सयौं सवारी बाटोमै रोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्