२९ जेठ २०८३, शुक्रबार

मर्स्याङ्दीमा खसेको भारतीय बस क्रेनले तानेर ल्याइयो पानीबाहिर, सडकसम्म पुर्‍याउन कठिन

भदौ ८, २०८१
काठमाडौं
मर्स्याङ्दीमा खसेको भारतीय बस क्रेनले तानेर ल्याइयो पानीबाहिर, सडकसम्म पुर्‍याउन कठिन

तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई क्रेनको सहायताले पानीबाट १० मिटर बाहिर ल्याइएको छ ।

शनिवार सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  खटिएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानीबाहिर निकालेको हो ।

null 

बस निकाल्नका लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त बसलाई पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडकसम्म निकाल्न भने सकिएको छैन । आइतवार पनि बस निकाल्ने कार्य जारी रहने सहप्रवक्ता थापाले बताए ।

null

शुक्रवार पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको छ । साथै १६ जना घाइते भएका छन् ।

भारतीय एयर फोर्सको जहाजले चितवनबाट शब लिएर स्वदेश फर्किएको छ । घाइतेहरूको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्