![भक्तपुरको बोडेमा नीलबाराही नाच [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Bode_Nilbarahi_Nach_16_n8hCOmeb8m.jpg)
भक्तपुरको बोडेमा चार दिनसम्म नाचिने नीलबाराही नाच आज सकिँदैछ।
हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट यो नाच शुरू हुने गर्छ । यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रूपमा लिने गरिन्छ।
नाच बोडेको नारायणथान लाछीबाट शुरू भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।
प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।
नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ ।
तस्वीरहरू















