
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट हाइलेक्स गाडी सुनकोशी नदीमा खसेको छ । हाइलेक्स गाडीमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो हाइलेक्स गाडी शनिवार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।