
कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ । बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह धामीले घरमा लागुऔषध (चरेस)को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा उनको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको जानकारी दिए । धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।