२२ जेठ २०८३, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

भदौ ९, २०८१
काठमाडौं
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबार सुरु हुँदैछ । बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ।
बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । 

त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म चलेको १० औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो। बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।
 बैठक मंगलबारसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्