३० जेठ २०८३, शनिबार

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

भदौ ९, २०८१
काठमाडौं
पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । सडक खुलाउने प्रयास जारी छ ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्