२३ जेठ २०८३, शनिबार

रामगोपालपुर– २ का वडाध्यक्ष यादव मृत फेला

भदौ ९, २०८१
काठमाडौं
रामगोपालपुर– २ का वडाध्यक्ष यादव मृत फेला

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार यादव आइतवार बिहान जलेश्वर सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा मृत भेटिएका हुन् । 

मृत फेला परेका वडाध्यक्ष यादवसँगै नजिकै लुम्बिनी प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । 

कलभर्टमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु भएको आशंका प्रहरीले गरेको छ । डीएसपी जयसवारले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्