०१ साउन २०८३, शुक्रबार

राप्रपाद्वारा ५ जनाको उम्मेदवारी घोषणा, झापा ३ मा सिटौलासंग लिङदेन भिड्ने

कात्तिक २०, २०७४
राप्रपाद्वारा ५ जनाको उम्मेदवारी घोषणा, झापा ३ मा सिटौलासंग लिङदेन भिड्ने
काठमाडौं १३ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको उम्मेदवारी घोषणा गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमवार बसेको राप्रपा, केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाँच जनाको उम्मेदवारी टुंगो लगाएको हो ।
क) मकवानपुर – १, कमल थापा
ख) झापा – ३, राजेन्द्र प्रसाद लिङ्गदेन
ग) काठमाण्डौ – ७, बिक्रम बहादुर थापा
घ) बाँके – २, ओम प्रकाश आजाद
ङ) दैलेख – १, दिपक कुमार शाही

अन्य जिल्लाका उमेदवारहरु छिटो भन्दा छिटो टुङ्गो लगाईने प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । कांग्रेसंग चुनावी तालमेलको तयारी गरेको राप्रपाले झापा ३ मा कांग्रेसले कृष्ण सिटौलालाई उठाउने भएपछि राप्रपाले राजेन्द्र लिङ्गदेनलाई उठाएको छ ।

राप्रपाले पार्टीको चुनावी घोषणापत्र कार्तिक २० गते काठमाण्डौमा सार्वजनिकिकरण गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्