३१ जेठ २०८३, आइतबार

अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह

भदौ ९, २०८१
काठमाडौं
अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गरेका छन् ।

  अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गरेका हुन् । 

सङ्खुवासभाबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभालगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरे । 

     उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताए । ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्