२६ जेठ २०८३, मंगलबार

टेलिग्रामका सीईओ पक्राउ

भदौ १०, २०८१
काठमाडौं
टेलिग्रामका सीईओ पक्राउ

टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई पेरिसको बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । 

रुसी मूलका उद्यमी दुरोभ आफ्नो निजी जेटमा अजरबैजानबाट फ्रान्स पुगेका थिए । पावेललाई आपराधिक सामग्री रोक्न असफल भएको आरोप लगाइएको छ । 

टेलिग्राम २०१३ मा शुरू भएको थियो । पावेल दुरोभ र उनका भाइ निकोलाई दुरोभले २०१३ मा टेलिग्राम शुरू गरेका थिए । यसलाई १०० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ ।

टेलिग्रामको बढ्दो लोकप्रियताका कारण युरोपका धेरै देशहरूले यसको सुरक्षा र डाटा चोरीको अनुसन्धान गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्