
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिका प्रस्तावसहित समसामयिक राजनीतिक विषयमा उपसभापतिद्वय र महामन्त्रीद्वसँग छलफल गर्ने भएका छन् ।
सभापति देउवाले मंगलबार बिहान ११ बजे बस्नेगरी उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,’ पौडेलले भने ।
गत महाधिवेशनबाट पारित भए पनि केन्द्रीय समितिले संसोधनसहित पास गर्ने भनिएको महामन्त्रीद्वयको सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमा विवाद भएको छ ।
लामो समय केन्द्रीय समिति बैठक बसे पनि १४ औं महाधिवेशनको विषय, चुनावी गठबन्धन र नेताहरूको बर्गिगर्मनको लागि १,२, ३ र ४ पटकको कार्यकाल तोक्नुपर्ने विषय आएपछि विवाद भएको हो ।
केन्द्रीय समितिको बैठकपूर्व सभापतिले यी विषयमा सहमति जुटाउन खोजेका हुन् । केन्द्रीय समितिको बैठक बुधबारको लागि डाकिएको छ ।