२३ जेठ २०८३, शनिबार

​राष्ट्रपतिले पाटन कृष्णमन्दिर पुगेर गरे पूजा

भदौ १०, २०८१
काठमाडौं
​राष्ट्रपतिले पाटन कृष्णमन्दिर पुगेर गरे पूजा

​राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका हुन् ।

यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरू, बागमती प्रदेशसभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरकी कार्यबाहक प्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले स्वागत गरेका थिए ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । 

ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरहरूमा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्