०८ असार २०८३, सोमबार

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

भदौ १०, २०८१
हेटौंडा
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई वटा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार हेटौंडा उपमहानगरपालिका– १ र वडा नम्बर १० मा १/१ जनाको शव फेला परेको हो ।

सोमबार बिहान हेटौंडा– १, स्थित पाथीभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठुलीमाया विक मृत फेला परेकी थिइन् ।​ 

विक आफू सुत्ने कोठामा दुवै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस्तै, हेटौंडा– १०, बसपार्कस्थित रत्ना होटलमा हेटौंडा– ११ बस्ने अन्दाजी २३ वर्षीया एलिशा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् ।

आइतबार साँझ ५ बजे समयमा उक्त होटलको २०५ नम्बरको कोठामा बस्न आएकी उनी आज बिहान मृत भेटिएकी हुन् ।

न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए ।

ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाबारे जानकारी पाए लगत्तै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला पारेको थियो ।

घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता भण्डारीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्