०४ साउन २०८३, सोमबार

आज दुई महामन्त्री र उपसभापतिसँग छलफल गर्दै देउवा

भदौ ११, २०८१
काठमाडौं
आज दुई महामन्त्री र उपसभापतिसँग छलफल गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज  उपसभापतिद्वय र महामन्त्रीद्वसँग छलफल गर्ने भएका छन् । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग महासमितिका प्रस्तावसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ११ बजे बस्ने छ । ‘समसामयिक विषयमा छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,’ पौडेलले भने ।

गत महाधिवेशनबाट पारित भए पनि केन्द्रीय समितिले संशोधनसहित पास गर्ने भनिएको महामन्त्रीद्वयको सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमा विवाद भएको छ ।

लामो समय केन्द्रीय समिति बैठक बसे पनि १४ औं महाधिवेशनको विषय, चुनावी गठबन्धन र नेताहरूको बर्हिगमनको लागि १,२, ३ र ४ पटकको कार्यकाल तोक्नुपर्ने विषय आएपछि विवाद भएको हो ।

केन्द्रीय समितिको बैठकपूर्व सभापतिले यी विषयमा सहमति जुटाउन उनीहरूसँग छलफल गर्न लागेका हुन् । केन्द्रीय समितिको बैठक बुधबारको लागि डाकिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्