
अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेका छन् । दुई नेताबीच युक्रेन, बंगलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।
वार्तालापको सन्दर्भमा ह्वाइट हाउसले पनि एक विज्ञप्ति पनि जारी गरेको छ। मोदीले पनि फोन वार्ताबारे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् ।
ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताएको छ ।
उनीहरूबीच प्रधानमन्त्रीको पछिल्लो पोल्याण्ड र युक्रेन भ्रमण र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभाबारे छलफल भएको थियो ।
राष्ट्रपति बाइडेनले मोदीलाई पोल्याण्ड र युक्रेनको ऐतिहासिक भ्रमणका लागि धन्यवाद दिएका छन् ।