
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार संसद्मा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विशेष समय लिएर बोल्न लागेका हुन् ।
प्रचण्डले बोल्नका लागि समय माग गरेको सचिवालय स्रोतले जानकारी दियो । समसामयिक विषयमा प्रचण्डले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।
संसद्मा प्रतिपक्षी दलको नेता बोल्ने दिनमा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।
सोहीअनुसार मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने सचिवालय स्रोतले बतायो ।