
अर्थमन्त्री विष्णु पौडेलले अटो मोबाइल क्षेत्रको संरक्षणमा सरकार तत्पर रहेको बताएका छन् ।
नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०२४’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रलाई साथ र संरक्षण गर्न सरकार तत्पर रहेको बताएका हुन् ।
‘निजी क्षेत्रलाई सरकारले दु:ख दिँदैन, दुःख दिने प्रवृत्तिलाई स्वीकार गरिनेछैन,' अर्थमन्त्री पौडेलले भने, 'नीतिगत स्थिरताका लागि सरकारले काम गरिरहेको छ ।'
आजदेखि शुरू भएको नाडा अटो–शो २०२४ भदौ १६ गतेसम्म प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चल्नेछ ।
नाडाले यस वर्ष ७५ हजार अवालोकनकर्ताहरू आउने अपेक्षा गरेको छ ।